काठमाडौं महानगरमा एक शिक्षक, एक ल्यापटप अभियान शुरु

  २०७८ भदौ ६ गते १६:१४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘एक शिक्षक, एक ल्यापटप’ अभियान थालेको छ । सो अभियान अन्तर्गत महानगरले वडा नं. २५ को कन्या मन्दिर माविका २७ जना शिक्षकलाई ल्यापटप वितरण गरेका हो ।

महानगरले प्रविधिमैत्री सिकाइका लागि ल्यापटप शिक्षकलाई वितरण गरेका छ । वडाध्यक्ष नीलकाजी शाक्य र नविन मानन्धर तथा महानगरका शिक्षा अधिकृत मोतीराज खनालले संयुक्त रुपमा ल्यापटप वितरण गरेका थिए ।

महानगरपालिकाले प्रविधिमैत्री सिकाइमा जोड दिंदै यस्तो अभियान थालेको वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले बताए । यो महानगरको प्रविधिमैत्री सिकाइका लागि पहिलो चरणकाे कार्यक्रम हो ।

शिक्षकलाई प्राविधिक ज्ञानका लागि महानगरपालिकाले तालिमको समेत प्रबन्ध गर्ने र अन्य विद्यालयहरूमा समेत क्रमशः ल्यापटप वितरण गरिने शिक्षा अधिकृत मोतीराज खनालले बताए । महानगरलाई यस्तो अभियान सञ्चालनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको समेत सहयोग रहेको उनले बताए ।

कन्या मन्दिर स्कुलले भने यसअघि इजी एप्लिकेसनसमेत प्रयोगमा ल्याइसकेको छ । ल्यापटप राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, महानगरको केन्द्रीय बजेटबाट प्राप्त रकम र विद्यालयको आन्तरिक आयबाट प्राप्त रकमबाट खरिद भएका हुन् ।

ल्यापटप पाए पछि शिक्षिका गीताकुमारी अधिकारीले यसको पूरा उपयोग गर्ने र शिक्षण सिकाई प्रभावकारी बनाउने पनि बताइन् । महानगरले यसअघि वडा ६ को जनकल्याण माद्यामिक विद्यालय बौद्ध महाङ्कालका ३१ जना शिक्षकलाई ल्यापटप वितरण गरीसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.