कालिका लघुवित्तको प्रबन्ध संचालकमा केशवनारायण प्रधान नियुक्त

  २०७८ भदौ ४ गते १५:५५     विकासन्युज

काठमाडौं । कालिका लघुवित्तको प्रबन्ध संचालकमा केशवनारायण प्रधान नियुक्त भएका छन् । भदौ ३ गते बसेको संचालक समितिको बैठकले उनलाई प्रबन्ध संचालकमा नियुक्त गरेको हो ।

राष्ट्रिय बाणिज्य बैंकको ३० वर्ष लामो अवधिको बैकिङ्ग अनुभव हासिल गरेका उनी प्रवन्धक पदबाट निबृत्त भएका हुन् । र, यस अघि यसै संस्थामा डेढ वर्ष वरिष्ठ प्रबन्धकको रुपमा समेत कार्य गरेका थिए ।

प्रधान २०७८ बैशाख ७ गते सम्पन्न संस्थाको वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्दै संचालक पदमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.