हिमालयन बैंकले वन पैदावार उद्योग व्यवसायी महासंघका सदस्यलाई १२ करोडसम्मको कर्जा दिने

  २०७८ भदौ ४ गते १५:४४     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघबीच व्यावसायिक सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकले उक्त महासंघका सदस्यहरुलाई एसएमई अन्तर्गत १२ करोड रुपैयाँसम्मको विशेष कर्जा प्याकेज प्रदान गर्ने भएको छ ।

भदौ ४ गतेदेखि लागू हुने यस सम्झौता अन्तर्गत बंैकले न्यूनतम ब्याज दर, कर्जा शुल्क, प्रतितपत्र वा बंैक जमानत जारी गर्न नगद मर्जिन र कमिसनमा बैंक जमानत जारी गर्ने भएको छ । उक्त सेवा सो महासंघका सदस्यहरुले बैंकको काठमाडौं उपत्यका भित्र र बाहिर रहेका सम्पूर्ण शाखाहरुबाट सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

हाल बैंकले ७१ शाखाहरु, १४६ एटीएम र ५००० भन्दा बढी पीओएस टर्मिनलस् हरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.