मेरो सेयरको पासवर्ड बिर्सिनुभयो ? अब यसरी गर्नुहोस् रिसेट

  २०७८ भदौ ४ गते १४:२२     विकासन्युज

काठमाडौं । के तपाईं मेरो सेयरको पासवर्ड बिर्सिएर हैरान हुनुभएको छ ? चिन्ता नलिनुस्, किनभने अब तपाईं आफैले पासवर्ड रिसेट गर्न पाउनु हुनेछ ।

मेरो सेयर सञ्चालक सिडिएस एण्ड क्लियरिङ्गले हालै मेरो सेयरमा ‘फर्गट योर पासवर्ड’को सेवा थप गरेको छ । यससँगै मेरो सेयर प्रयोगकर्ताले आफ्नो खाताको पासवर्ड बिर्सिएमा स्वयम् आफैले पासवर्ड रिसेट गर्न सक्नेछन् ।

यसअघि उक्त पासवर्ड बिर्सिएमा सेवा नै अवरुद्ध हुने थियो । र, सम्बन्धित निक्षेप सदस्यलाई निवेदन दिएपछि मात्रै उक्त सेवा पुनः सुचारु हुने व्यवस्था थियो । तर अब भने मेरो सेयर प्रयोगकर्ताले उक्त झन्झट झेल्नु पर्दैन ।

सिडिएसले मेरो सेयरको लगइन पेजमा ‘फर्गट योर पासवर्ड’ लिंक थप गरेको छ । जसमा क्लिक गरेपछि प्रयोगकर्ताले आफ्नो पासवर्ड रिसेट गर्न सक्नेछन् ।

तर कसरी ?
मेरो सेयरको सेवा लिन तपाईं शुरूमा मेरो सेयरको लगइन पेजमा जानुभयो । त्यसमा आफ्नो डिपोजिटरी पार्टीसिपेन्टस् सेलेक्ट गरी युजरनेम राख्नुभयो । तर, पासवर्ड बिर्सनुभयो वा गलत पासवर्ड राखेर तल दिइएको लगइन अप्सनमा क्लिक गर्नुभयो भने ‘इन्भ्यालिड पासवर्ड’ भनेर आउँछ । जुन तलको तस्विरमा हरियो घेराभित्रको रातो बक्समा देखाइएको छ ।

उक्त ‘इन्भ्यालिड पासवर्ड’ भनेर आइसकेपछि ‘फर्गट योर पासवर्ड ?’ भन्नेमा क्लिक गर्नुहोस् । जुन लगइनको बटनभन्दा तल रहेको छ । उक्त लिंकमा क्लिक गरिसकेपछि तपाईंले तलको फोटामो देखाइएको जस्तो स्क्रीन देख्नसक्नु हुनेछ ।


जहाँ अघिकाे जस्तै, आफ्नाे डिपाेजिटरी पार्टीसिपेन्टस् सेलेक्ट गरी युजरनेम राख्नु हाेस् । त्यसपछि तल इमेल भन्नेमा आफ्नाे इमेल र डेट अफ बर्थमा आफ्नाे जन्म मिति राख्नुहाेस् । नागरिकतामा जे छ त्यही नै हुनुपर्छ । र, सेन्ड भन्ने बटनमा क्लिक गर्नुहाेस् । यदि तपाईंले राख्नुभएकाे डेटा (इमेल र डेट अफ बर्थ) हरू सही रहेका छन् भने तपाईंलाई meroshare@cdsc.com.np बाट इमेल आउँछ । उक्त इमेल कहिले इन्बक्समा की त प्राय इमेलकै स्पाम (spam) भन्नेमा आइरहेकाे हुन्छ । इमेलमा तपाईंकाे डीपी आईडी, लगइन आईडी र पासवर्ड पठाइएकाे हुन्छ । जुन तल स्क्रीनमा देखाइएकाे छ । 

यसपछि उता मेरो सेयरमा भने तलको जस्तो स्क्रीन देखिन्छ । जहाँ वल्ड पासवर्ड, न्यू पासवर्ड राखेर र पासवर्ड कन्फर्म गर्नुपर्ने हुन्छ । यससँगै वल्ड पासवर्डमा अघि इमेलमा आएको पासवर्ड राख्नुहोस् । त्यसपछि न्यू पासवर्डमा आफुले नयाँ पासवर्ड राख्नुहोस् (तर इमेलमा आएको होइन) । उक्त पासवर्ड तलको स्क्रीनमा दिइएको पासवर्ड पोलिसी अनुसारकै हुनुपर्ने हुन्छ । त्यसपछि कन्फर्म पासवर्डमा पनि न्यू पासवर्डमा जे राख्नुभएको छ त्यही नै राखेर चेञ्ज पासवर्ड भन्ने बटनमा क्लिक गर्नुहोस् ।

यति गरिसकेपछि तलको जस्तै स्क्रीन देखिन्छ । जहाँ तपाईंको पासवर्ड सफलतापूर्वक परिवर्तन/चेञ्ज भयो भनेर देखाइएको छ । यससँगै अब तपाईंले नयाँ पासवर्ड राखी लगइन गरेर मेरो सेयरको सम्पूर्ण सेवा सुविधा लिन सक्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.