कक्षा १२ परीक्षा तत्काल गराऔं: प्याब्सन

  २०७८ भदौ ३ गते १५:२९     विकासन्युज

काठमाडाैं । प्याब्सनले कक्षा १२ का विद्यार्थीलाई तत्काल खाेप दिएर परीक्षा संचालन गराउनुपर्ने माग राखेकाे छ । निजि तथा आवसिय अर्गनाइजेसन नेपाल(प्याब्सन) ले कक्षा १२ काे विद्यार्थीहरुलाई तत्काल खाेप दिक्ष १५ दिनपछि परीक्षा संचालन गर्नुपर्ने माग राखेकाे हाे ।

बिहिबार एक विज्ञप्ती जारी गर्दै प्याब्सनले सबैतिर परीक्षा संचालन भइरहँदा कक्षा १२ काे मात्र परीक्षा स्थगित हुँदा लाखाैं विद्यार्थीकाे भविष्य अन्याेलमा भएकाे बताएकाे छ । उनीहरुले सरकारलाई यस विषयमा छिटै निर्णय लिन पनि अनुराेध गरेकाे छ ।

‘कक्षा १२ को परीक्षा विद्यार्थीहरुको देश–विदेशका विश्वविद्यालयमा प्रवेश पाउने र मेडिकल, ईन्जिनियरिङ्ग लगायत उच्च शिक्षामा भर्ना हुने अत्यावश्यक खुड्किलो भएको हुँदा उक्त परीक्षा रोकिँदा लाखौं विद्यार्थीहरुको एक शैक्षिक सत्र खेर जाने निश्चित छ र यस सम्बन्धमा उचित निर्णय लिन नसकेको खण्डमा हाम्रो ऐतिहासिक भुल हुने समेत अनुरोध गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ ।

यसका साथै प्याब्सनले महामारीको संक्रमण कम हुँदै गएको क्षेत्रहरुमा भौतिक रुपमा क्रमशः विद्यालयहरु खोल्ने निर्णय पालिका स्तरमा गर्न सक्ने वातावरण बनाईदिन पनि सरकारलाई आग्रह गरेकाे छ ।

 

One comment on "कक्षा १२ परीक्षा तत्काल गराऔं: प्याब्सन"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.