सिद्धार्थ इन्स्योरेन्सको सीईओमा पुनः बीरेन्द्र वैदवार क्षेत्री नियुक्त

  २०७८ भदौ ३ गते १०:५२     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । भदौ २ गते बसेको कम्पनी सञ्चालक समितिले क्षेत्रीलाई इन्स्योरेन्सको सीईओ पदमा पुनः नियुक्त गरेको हो ।

इन्स्योरेन्समा बरिष्ठ प्रबन्धकबाट सेवा आरम्भ गरेका उनले कायम मुकायम प्रमुख कार्यकारी हुँदै, चार वर्षे प्रमुख कार्यकारीको जिम्मेवारी सफलता पुर्वक पुरा गरेका छन् । यससँगै उनले आगामी ४ वर्ष आफ्ना दोश्रो कार्यकाल सम्हाल्ने छन् ।

क्षेत्रीले पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरी भारतीय बीमा संस्थानबाट एफआईआई उपाधी हासिल गरेका छन् । उनी अन्डरराइटिङ, जोखिम व्यवस्थापन, बजार व्यवस्थापन विषयमा विशेष दखल राख्ने व्यक्तीको रुपमा परिचित रहेका छन् भने संस्थागत सुशासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रशासकको रुपमा मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.