एशियन लाईफ इन्स्योरेन्सको सञ्चालकमा ६ जना निर्वाचित

  २०७८ साउन ३१ गते १८:०३     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । कम्पनीको १२औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र साधारण सेयरधनीको तर्फबाट २ जनालाई सर्वसम्मत निर्वाचित गरेको हो ।

नवनिर्वाचित संचालकहरुमा संस्थापक सेयरधनीको तर्फबाट दिपककुमार श्रेष्ठ, सुरेन्द्रकुमार गोयल, सुशान्त चाचान र निष्ठा प्रधानाङ्ग राजभण्डारी निर्वाचित भएका छन् । साधारण सेयरधनीहरुको तर्फबाट शौरभ रुंगटा र सजल मास्के निर्वाचित भएका छन् ।

यससँगै उनीहरुले आगामी ४ वर्षसम्म कम्पनीको सञ्चालक समिति सदस्य पदको जिम्मेवारी सम्हाल्नेछन् ।

कम्पनीको १२औं वार्षिक साधारण सभा बाराको सिमरा स्थित होटल क्लासिकमा साउन ३१ गते आइतबार सम्पन्न भएको हो । सभाले संचालक समितिको तर्फबाट अध्यक्ष दिपककुमार श्रेष्ठले पेश गरेका आ.व.२०७५।०७६ को वार्षिक प्रतिवेदन बहुमतले अनुमोदन गरेको छ ।

कम्पनीले २०६४ साल चैत २१ गतेदेखि कारोबार सञ्चालन गर्दै आएको छ । गत असार मसान्तसम्ममा कम्पनीको २६ अर्ब ४८ करोड ७७ लाखको जीवन बीमा कोष र २४ अर्ब ७२ करोड १५ लाख रुपैयाँ लगानी तथा कर्जामा रहेकोे छ । त्यसैगरी, कम्पनीले यो अवधिसम्ममा कूल २९ अर्ब ५३ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरिसकेको छ ।

कम्पनीले हाल ४२ वटा शाखा तथा १०६ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकको आवश्यक्तालाई मध्यनजर गर्दै लघु म्यादी, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिक सहित २३ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।

आगामी दिनहरुमा नेपालको ७७ जिल्लाको अधिकांश गाउँहरुमा समेत जीवन बीमाको पहुँच पुर्याई सर्वसुलभ बीमा सेवा प्रदान गर्ने तथा समय सापेक्ष र आकर्षक तथा नयाँ बीमा योजनाहरु ल्याउने कम्पनीको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.