आगलागीबाट पीडित टेक्निसियनलाई मंगलम पाइपको सहयोग

  २०७८ साउन २८ गते १९:४३     विकासन्युज

काठमाडौं । नेपालको पहिलो सिपिभिसी पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रालिले आगलागीबाट पीडित एक टेक्निसियनलाई आर्थिक सहयोग गरेको छ । चितवनको राप्ती नगरपालिका-५ चौकी डाँडामा घर भएका टेक्निसियन (प्लम्बर) गोविन्द झालाई कम्पनीले आर्थिक सहयोग गरेको हो ।

टेक्निसियन झाको घरमा एक हप्ता अगाडि विद्युत सट भई आगलागी हुँदा पूर्ण क्षति भएको थियो । आगलागीबाट पीडित भएका झालाई मंगलम पाइप कम्पनीले ५० हजार रुपैयाँ नगद सहयोग गरेको छ ।

घर आगलागीको जानकारी पाएपछि कम्पनीले स्थलगत निरीक्षण गरि ‘मंगलम पाइप्स टेक्नीसियनको साथ’भन्ने नारा अन्तर्गत मंगलम इन्डष्ट्रिज तथा कम्पनीको तर्फबाट राहत स्वरूप उक्त रकम सहयोग गरेको हो ।

सहयोग रकम कम्पनीका क्षेत्रीय अफिसर सुवास क्षेत्री र मंगलम पाइप्स पूर्वी चितवन, मकवानपुरको आधिकारिक डिस्ट्रीब्यूटर आरम्भ सप्लायर्स एण्ड सेनेटरीको संचालक रमेश उप्रेतीको उपस्थितिमा प्रदान गरिएको थियो। उक्त हस्तान्तरण कार्यक्रम स्थानीय जनप्रतिनिधि, उक्त क्षेत्रको टेक्निसियनहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.