एनवाईईएफले सातवटै प्रदेशमा गर्यो रक्तदान

  २०७८ साउन २८ गते १९:२६     विकासन्युज

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च(एनवाईईएफ) ले सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उद्यमी मञ्चले अन्तर्राष्ट्रिय युवा दिवस अगष्ट १२, २०२१ को उपलक्ष्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

रक्तदान कार्यक्रममा काठमाडौं ८२, चितवन ५०, सुर्खेत ५१, पोखरा ७७, रुपन्देही ३० र विरगञ्ज ५२ गरी जम्मा ३४२ जनाले रक्तदान गरेको एनवाइइएफका राष्ट्रिय कार्य समिति अध्यक्ष उदीप श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा दश वटै च्याप्टर सहित राष्ट्रिय युवा परिषदको सहयोग र सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.