विश्वविद्यालयस्तरकाे परीक्षार्थीलाई ४ ठाउँबाट खाेप दिइने

  २०७८ साउन २८ गते ९:१८     विकासन्युज

काठमाडौं । सरकारले विश्वविद्यालयस्तरको परीक्षार्थीहरुलाई काठमाडौं उपत्यकाको ४ ठाउँबाट खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै त्रिवि लगायतका विश्वविद्यालयस्तरका परीक्षार्थीहरुलाई प्रवेश पत्रको आधारमा खोप दिने जनाएकाे हो ।

मन्त्रालयको अनुसार टेकुस्थित स्वास्थ्य सेवा विभाग, सिंहदरबारस्थित शिक्षा तथा प्रविधी मन्त्रालय, टेकुस्थित राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्र र परिवार कल्याण महाशाखामा गएर विद्यार्थीले खोप लगाउन सक्नेछन् ।

उनीहरुलाई भेराेसेल अथवा एस्ट्रजेनेकाकाे खाेपकाे पहिलाे मात्रा दिइनेछ ।

हाल देशभर स्नातक र स्नातककोत्तर तहको परीक्षाहरु संचालन भइरहेको अवस्थामा विद्यार्थीहरुले खोपको व्यवस्था नभएसम्म परीक्षामा सामेल नहुने बताउँदै आएका छन् ।

कोरोना संक्रमण बढ्ने भन्दै सरकारले कक्षा १२ को परीक्षा स्थगित गरिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.