४ वर्षका लागि कुलमानले लिए प्राधिकरणको नेतृत्व

  २०७८ साउन २७ गते १३:५०     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले नियुक्ति पत्र लिएका छन् । उनले आगामी ४ वर्षे कार्यकालयका लागि बुधबार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका हुन ।

उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरेकी हुन । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पुन: कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

यसअघि तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माले घिसिङलाई २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशककका रुपमा नियुक्त गरेका थिए । कानुनी प्रावधानअनुसार प्राधिकरणको कार्यकारी निर्देशकको एउटा कार्यकाल ४ वर्षको हुने गर्दछ । सोही अनुसार घिसिङ गत वर्ष २०७७ भदौ २९ मा आफ्नो पहिलो कार्यकाल पूरा गरी बाहिरिएका थिए ।

यसअघि देशमा दैनिक १८ घण्टाभन्दा बढी समय लोडसेडिङ भइरहेको समयमा घिसिङले प्राधिकरणको नेतृत्व पाएका थिए । उनले प्राधिकरणको नेतृत्व संहालेको केही समयपछि नै देशभर लोडसेडिङको अन्त्य गरेका थिए ।

उनले ४ वर्षे कार्यकाल पूरा गरेपछि पूर्ववर्ती ओली सरकारले उनलाई प्राधिकरणमा दोहोर्याउन इन्कार गर्दै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएका थिए ।

शाक्यलाई सरकारले जल तथा उर्जा आयोगमा पठाएको छ । उनी मंगलबार नै आयोगमा गइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.