मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँड भोलि

  २०७८ साउन २५ गते १९:०३     विकासन्युज

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) भोलि साउन २६ गते बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले भोलि बिहान ९ बजे काठमाडौको नक्सालस्थित आफ्नै कार्यालयमा सेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले गत साउन १४ गतेदेखि साउन १८ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सो दिनदेखि अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणमा बिक्री गरिएको थियो ।

बिक्री प्रबन्धकका अनुसार उक्त आईपीओमा २१ लाख १८ हजार ९२५ आवेदकले २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जुन कम्पनीले माग गरेकोभन्दा बढी हो । मागभन्दा बढी आवेदन परेसँगै क्यापिटलले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर बाँडफाँड गर्ने छ ।

यससँगै आईपीओमा रितपूर्वक आवेदन दिनेमध्ये ६६ हजार ८७४ जनाले कम्पनीको सेयर हात पार्न सक्ने छन् भने बाँकी २० लाखभन्दा बढीको हात खाली हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.