त्रिवि लगायतका परीक्षा बारे साँझसम्म निर्णय हुने

  २०७८ साउन २४ गते ९:२९     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वाविद्यालयको संचालन भइरहेको स्नातक र स्नातककोत्तरको परीक्षा बारे साँझसम्म निर्णय हुने भएको छ ।

विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यलयका सह-परीक्षा नियन्त्रक घनश्याम ठाकुरले त्रिवि लगायत सबै परीक्षा बारे साँझसम्म निर्णय हुने विकासन्युजलाई जानकारी दिए ।

ठाकुरको अनुसार दिउँसो सबै परीक्षा बारे निर्णय गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ । ‘हाम्रो बिहानको परीक्षा भइसकेको छ । अब भोलीबाट के हुने बारे बैठक बस्दैछ । त्यसअनसार नै हामी निर्णय गर्छौं,’ उनले भने ।

शनिबार राष्ट्रिय परीक्षा बाेर्डले स्वास्थ्य मन्त्रालय र सीसीएमसीकाे निर्देशन अनुसार कक्षा १२ काे साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुने भनिएकाे परीक्षा स्थगित गरिसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.