मनकामना स्मार्ट लघुवित्तको एक वर्षको प्रगतिः ५८९ प्रतिशतले बढ्यो नाफा, एनपीएल घट्यो

  २०७८ साउन २१ गते १२:०१     विकासन्युज

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले एक वर्षको अवधिमा ५८९.३१ प्रतिशत बढी खुद नाफा कमाएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ मा सो मात्राले नाफा वृद्धि गरेर ३ करोड २२ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

जुन अघिल्लो आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्ममा ४६ लाख ७६ हजार रुपैयाँ मात्रै थियो ।

संस्थाले प्रकाशित गरेको गत असार मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको राइट ब्याक प्रोभिजन बढेकोले खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । समिक्षा अवधिमा संस्थाको राइट ब्याक प्रोभिजन २५२३ प्रतिशतले बढेर ९३ करोड ८० लाख रुपैयाँ पुगेको देखिन्छ ।

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ११८.५३ प्रतिशतले बढेर ८ करोड २३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नोक्सान थप बढेर ८८ करोड ६६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी (वार्षिक) २६.६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३१.१५ रुपैयाँ रहेको छ ।

हालै आईपीओ निष्काशन गरेको संस्थाको चुक्ता पुँजी ७७.५१ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ६ करोड ८२ लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी गत असार मसान्तसम्ममा बढेर १२ करोड ११ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, जगेडा कोषको रकम ४१०.३३ प्रतिशतले बढेर ३ करोड ७७ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी, संस्थाको निक्षेप संकलन र कर्जा लगानी क्रमशः १२४.६८ प्रतिशत र १००.६७ प्रतिशतले बढेको छ । यससँगै गत असार मसान्तसम्ममा लघुवित्तको निक्षेप बढेर ३२ करोड ११ लाख रुपैयाँ र कर्जा लगानी पनि बढेर ९७ करोड ८ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको एनपीएल ०.१३ ले घटेर ४.९२ मा सीमित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.