राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या: इजरायल रोजगारीको आवेदन रोकियो

  २०७८ साउन १९ गते १३:२१     विकासन्युज

काठमाडौैं । सोमबार दिउँसोदेखि राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या आउँदा इजरायलको रोजगारीका लागि आवेदन दिने अनलाइन वेब सर्भरमा समस्या भएको छ ।

वैदेशिक रोजगार विभागले मंगलबार एक सूचना जारी गर्दै सूचना प्रविधि केन्द्र अन्तर्गतको जीआईडीसीमा पावर फेलियर हुँदा इजरायल रोजगारीका लागि आवेदन दिने सर्भरमा समस्या आएको जनाएको छ ।

समस्या समाधानका लागि सोमबारदेखि नै काम भइरहेको भन्दै विभागले चाडै नै सेवा पुनः सुरु गराउन पहल भइरहेको समेत जनाएको छ ।

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पठाउन विभागले साउन १२ गते २१ दिनको सूचना दिएर आवश्यक योग्यता पुगेका नेपाली नागरिकले अनलाइनमार्फत निवेदन दिन मिल्ने व्यवस्था गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.