मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार आज पनि नहुने

  २०७८ साउन १९ गते ११:०४     विकासन्युज

काठमाडौं । दोस्रो बजारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आज पनि नहुने भएको छ । सोमबार जस्तै मंगलबार पनि स्पेसल प्री ओपनिङको समयमा सेयर म्याचिङ नभएकाेले साउन १९ गतेको नियमित समयमा पनि संस्थाको सेयर कारोबार नहुने भएको हो ।

जुनसुकै कम्पनीको सेयर दोस्रो बजारमा स्पेसल प्री ओपन सेसनमा म्याचिङ भएपछिमात्र नियमित समयमा कारोबार हुने व्यवस्था रहेको छ । यदि म्याचिङ भएन भने सो दिन कारोबार हुँदैन र अर्को दिनको प्री ओपनिङमा म्याचिङ भएपछि मात्रै उक्त संस्थाको नियमित सेयर कारोबार हुने छ ।

यससँगै मंगलबार नियमित समयमा कारोबार नभएको यस संस्थाको बुधबार पनि स्पेसल प्री ओपन सेसनमा कारोबार म्याच भएपछि मात्रै नियमित समयमा कारोबार हुने छ ।

संस्थाको गत साउन १७ गते मात्र नेप्सेमा सूचीकरण भएको थियो । सूचीकरण भएको दोश्रो दिनदेखि दोश्रो बजारमा कारोबार गराउने व्यवस्था रहेको छ । पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्यूनतम ११०(८४ रुपैयाँदेखि अधिकतम ३३२.५२ रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकिदिएको छ । यससँगै, संस्थाको पहिलो कारोबार यो रकम भित्र हुनुपर्ने छ । यसको संकेत ‘एमकेएलबी’ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.