मकर जितुमाया सुरी हाइड्रोले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

  २०७८ साउन १८ गते १६:२९     विकासन्युज

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले २२ लाख ८० हजार कित्ता प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्नेको भएको छ । हाइड्रोले सो मात्राको सेयर जारी गर्न सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो ।

सो सम्बन्धमा मकर जितुमाया सुरी हाइड्रो र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । उक्त सम्झौतामा मकर जितुमाया सुरी हाइड्रोका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

हाइड्रोले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात २२ लाख ८० हजार कित्ता प्रारम्भिक शेयर निष्काशन गर्ने भएको छ । यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ लाख २० हजार कित्ता सेयर निष्काशन गर्नेछ ।

सो कम्पनीले निर्माण गरीरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.