सोमबार मनकामना लघुवित्तको सेयर कारोबार नहुने, यस्तो छ कारण

  २०७८ साउन १८ गते ११:१३     विकासन्युज

काठमाडौं । दोस्रो बजारमा मनकामना लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार हुन सकेन । बजारमा प्री ओपनिङको समयमा सेयर म्याचिङ हुन नसक्दा सोमबार (साउन १८ गते) को नियमित समयमा पनि संस्थाको सेयर कारोबार नहुने भएकाे हो ।

जुनसुकै कम्पनीको सेयर दोस्रो बजारमा प्री ओपनिङमा म्याचिङ भएपछिमात्र नियमित समयमा कारोबार हुने व्यवस्था रहेको छ । यदि म्याचिङ भएन भने सो दिन कारोबार हुँदैन र अर्को दिनको प्री ओपनिङमा म्याचिङ भएपछि मात्रै उक्त संस्थाको नियमित सेयर कारोबार हुने छ ।

यससँगै सोमबार नियमित समयमा कारोबार नभएको यस संस्थाको मंगलबार पनि प्रि ओपनिङकाे समयमा कारोबार म्याच भएपछि मात्रै नियमित समयमा कारोबार हुने छ ।

संस्थाको गत साउन १७ गते मात्र नेप्सेमा सूचीकरण भएको थियो । सूचीकरण भएको दोश्रो दिनदेखि दोश्रो बजारमा कारोबार गराउने व्यवस्था रहेको छ ।

पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्यूनतम ११०.८४ रुपैयाँदेखि अधिकतम ३३२.५२ रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकिदिएको छ । यससँगै, संस्थाको पहिलो कारोबार यो रकम भित्र हुनुपर्ने छ । यसको संकेत ‘एमकेएलबी’ रहेको छ ।

सम्बन्धित समाचार

मनकामना स्मार्ट लघुवित्तको आईपीओ सूचीकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.