मधु मरासिनी बने अर्थसचिव, ढुङ्गाना प्रधानमन्त्री कार्यालयमा

  २०७८ साउन १७ गते १२:४६     विकासन्युज

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई जिम्मेवारी दिएको छ । यसअघिका अर्थ सचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर अर्थमा मरासिनीलाई ल्याइएको हो ।

मरासिनी यसअघि महालेखा परीक्षकको कार्यालयमा सचिव थिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि पहिलो पटक सचिवको हेरफेर गरिएको हो ।

उनीसँगै अन्य सचिवहरुलाई पनि हेरफेर गरिएकाे बुझिएकाे छ ।  गृह मन्त्रालयमा एकनारायण अर्याललाई लैजाने सम्भावना रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.