अर्थमन्त्रालयले नेप्सेका प्रमुख साउदसँग पनि माग्यो स्पष्टिकरण, ३ तीनभित्र पेश गर्नुपर्ने

  २०७८ साउन १४ गते १९:०६     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का प्रमुख चन्द्रसिंह साउदलाई पनि स्पष्टिकरण सोधेको छ । साउदले आफ्नी श्रीमति सुशीलाकुमारी बोहोराको नाममा सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर किनेको विषयमा उनलाई अर्थमन्त्रालयले स्पष्टिकरण सोधेको हो ।

मन्त्रालयले तीन दिन भित्र स्पष्टिकरण दिन भनेको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखाका शाखा अधिकृत श्यामप्रसाद आचार्यको हस्ताक्षर रहेको पत्रमा ३ दिनभित्र स्पष्टिकरण पेश गर्न उल्लेख गरिएको छ ।

पत्रमा लेखिएको छ, ‘विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका नेप्सेसँग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ, सञ्चार माध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थता के हो ? सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिन भित्र यस मन्त्रालयमा उपलब्ध गराइदिन हुन आदेशानुसार अनुरोध छ ।’

त्यस्तै, मन्त्रालयले आजै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई पनि स्पष्टिकरण सोधिसकेको छ । उनले पनि आफ्नी छोरीको नाममा सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर खरिद गरेको विषयमा बजारमा चर्को आलोचना भएसँगै अर्थमन्त्रालयले उनलाई स्पष्टिकरण सोधेको हो ।

One comment on "अर्थमन्त्रालयले नेप्सेका प्रमुख साउदसँग पनि माग्यो स्पष्टिकरण, ३ तीनभित्र पेश गर्नुपर्ने"

  • Drg pahari says:

    पेसै गर्ने त होनि हजुर यहाँ गरिब निमुखा लाई बाहेक कसलाइ के कामकारबाहीमा भाको देखियको छ र हामिले आश गर्ने ठुलठालु लाई नै आको हो यो के जाती तन्त्र मन्त्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.