आईएमई जनरल इन्स्योरेन्सले बढायो सर्वसाधारणको सेयर स्वामित्व

  २०७८ साउन १४ गते १७:०७     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको १० लाख ४१ हजार ८२७ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । आज(साउन १४ गते) बिहीबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो ।

उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व भएको छ । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ६० र ४० प्रतिशत रहेको थियो ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड ७५ लाख रुपैयाँ रहेको छ । बिहीबार कम्पनीको सेयर मूल्य २४ रुपैयाँले घटेर प्रतिकित्ता १३०८ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.८३ प्रतिशतले घटी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.