बाउन्स चेक काट्ने मनाेहरका खड्का पक्राउ, ९ लाख जरिवाना तिर्नुपर्ने

  २०७८ साउन १४ गते १६:२२     विकासन्युज

काठमाडाैं । बाउन्स चेक काटेर बैंकिङ्ग कसूर मुद्दामा परेका फरार प्रतिवादी राम खड्का पक्राउ परेका छन् । काठमाडाैं मनाेहरका ४६ वर्षीय खड्का ३ महिनापछि लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनको २०७८ बैशाख १४ गतेको फैसलाले उक्त मुद्दामा ९ दिन कैद र ९ लाख रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही उनी फरार हुँदै आएका थिए ।

खड्काले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी चेक काटी पीडितलाई दिएकोमा बैंकिङ्ग कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.