प्रिमियर स्टील बन्याे ३६ एमएममा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्ने पहिलो कम्पनी

  २०७८ साउन १४ गते १५:४४     विकासन्युज

काठमाडौं। ३६ एमएम समु्हमा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्ने प्रिमियर स्टील पहिलो नेपाली कम्पनी भएको छ ।

३६ एमएमको छड ठूला परियोजनाहरु जस्तैः हाइड्रो पावर, पुल तथा ड्यामहरुको निर्माणमा प्रयोग गर्ने गरिन्छ ।

कम्पनीकाे अनुसार यसअघि ३० एम एम को छड छिमेकी मुलुक भारतबाट वा अन्य मुलुकहरुबाट आयात गर्ने गरिएकाे थियाे जसले गर्दा निर्माण कार्यमा केही ढिलाइ हुने गर्थियाे ।

उपरान्त नेपाल गुणस्तर प्रमाण प्राप्त प्रिमियर स्टिलको उत्पादनसँगै आयात गर्नु पर्ने अवस्था नरहने कम्पनीले जनाएकाे छ ।

प्रिमियर  स्टीलले एफइ ५००, एफइ५००डि ग्रेडेड टिएमटी रेबर, टोरकारी स्टिल, बाइन्डिङ वायर्स तथा एसडब्लुजीको प्रयोग गरी उत्पादन गर्दै आएको छ ।

प्रदेश नम्बर १ को सबैभन्दा ठूलो स्टील कम्पनीका रुपमा स्थापित यस कम्पनीले दैनिक ८०० मेट्रिक टन उत्पादन क्षमता राख्दछ । कम्पनीले ८ एम एम देखि ४० एम एम सम्मका छडहरुको उत्पादन गर्दै आएको छ ।

कम्पनीका सेल्स एण्ड मार्केटिङ्ग डाइरेक्टर सौरभ सारडाले प्रिमियम बिलेटहरुको मात्र प्रयोग गरेर टिएमटीबार उत्पादन गर्दै आएको कारण आफ्नाे उत्पादनहरु उच्चस्तरीयताको सुनिश्चितता प्रदान गर्न सक्षम भएकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.