राधी विद्युतको स्वतन्त्र सञ्चालक र कम्पनी सचिवले सम्हाले जिम्मेवारी

  २०७८ साउन १४ गते १५:०५     विकासन्युज

काठमाडौं । राधी विद्युत कम्पनीका नवनियुक्त स्वतन्त्र सञ्चालक नितेश्वरप्रसाद कोइरी र कम्पनी सचिव लफिन काजी बज्राचार्यले आफ्नो जिम्मेवारी सम्हालेका छन् । हालै मात्र नियुक्त भएका उनीहरुले आज (साउन १४ गते) देखि आ-आफ्नो पदको जिम्मेवारी सम्हालेका हुन् ।

साउन १३ गते बसको सञ्चालक समितिको बैठकले कोइरीलाई स्वतन्त्र सञ्चालक र बज्राचार्यलाई कम्पनी सचिवमा नियुक्त गरेको थियो । यसअघि कम्पनीको स्वतन्त्र सञ्चालकमा सुनिता निरौला थिइन् । उनले राजीनालाई स्वीकृत गरी कम्पनीले उक्त रिक्त हुन लागेको पदमा कोइरीलाई नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.