कोरोना भाइरसकाे नयाँ भेरियन्ट कसरी पत्ता लगाइन्छ ?

  २०७८ साउन १४ गते १०:४९     डा. रुना झा

काठमाडाैं । हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोरोना भाइरसको जिन सिक्वेन्सिङ्गको नतिजा सम्बन्धी प्रेस विज्ञप्ति हेर्नु नै भएको होला ।

के हो त कोरोना भाइसरकाे जिन सिक्वेन्सिङ्ग ?

साधारण भाषमा भन्नुपर्दा यो भाइरसको जेनेटिक बनोटलाई डिकोट गर्ने परीक्षण हो । पीसीआर परीक्षणमा कोरोना भाइरसको जिन शरीरमा छ कि छैन भनेर जाँच गरिन्छ भने सिक्वेन्सिङ्गमा त्यस जिनको विस्तृत बनावटको अध्यान गरिन्छ ।

सिक्वेन्सिङ्ग किन गरिन्छ ?

कोरोना भाइरसले आफ्नो जिनमा सानो सानो परिवर्तन गरी नै रहन्छ जसलाई म्युटेसन भनिन्छ । धेरै जसो म्युटेसनले कुनै पनि प्रभाव पार्दैन तर कहिले काही यसरी भएको म्युटेसन यस भाइरसको चरित्रमा ठुलो बदलाव ल्याई दिन्छ । जस्तै भाइरस बढी संक्रमक हुन सक्ने, छिटै फैलन सक्ने, उपलब्ध औषधीले काम नगर्नु आदि हाे ।

परिर्वतीत स्वरूपको करोनालाई नयाँ भोरियन्ट भनिन्छ र त्यसलाई विश्व स्वास्थ्य सङ्गठनले एउटा नाम दिन्छ । नयाँ भेरियन्टले विश्व जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने सम्भावना भए त्यसलाई ‘भेरियनट एफ कन्सर्न’ काे संज्ञा दिइन्छ ।

अहिले अल्फा, बिटा, गामा र डेल्टा गरी ४ ओटा भेरियन्ट अफ कन्सन छन् भने अरू भेरियन्टलाई ‘भोरियन्ट अफ इन्ट्रेस्ट’ भनिन्छ । भाइरसमा भएको यस्ता न्यूटेसन हुलाई पत्ता लगाउन जिन सिक्वेन्सिङ्ग गरिन्छ र यस सिक्वेन्सिङ्ग अध्यानबाट भाइरसको नयाँ भेरियन्ट आएको वा नआएको तथा सो भेरियन्ट, भेरियन्ट अफ कन्सन भएको नभएको पत्ता लाग्न मदत हुन्छ ।

सिक्र्वन्सइको लागि हामी नमुना कसरी छान्छौ त ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट हालसम्म एक सय ४९ नमुनाको जिन सिक्वेन्सिङ्ग गराई सकिएको छ । पहिला कम भए पनि विगत ३ महिनादेखि नियमित रूपमा हामीले जिन सिक्वेन्सिङ्ग गराई रहेका छौं । यसमा नमुना छान्दा सिटी भ्यालु २५ वा कम भएका नमुना मात्र लिन्छौं ।

कतै आउट ब्रेक भएको जस्तो देखियो विदेशबाट आएका संक्रमण भयो, भ्याक्सिन लगाए पछि संक्रमण देखियो, बिरामी बढी अप्रकाशित रूपमा सिकिस्त भए अथवा अन्य कुनै विशेष वा फरक लक्षण देखिए यस्ता नमुनाहरूलाई प्राथमिकता दिएर छानिन्छ । सथै विभिन्न उमेर समूहका र सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी नमुना छान्ने प्रयास हाम्रो रहन्छ ।

सिक्वेन्सिङ्ग नतिजा प्राप्त भए प्रस्ताव त्यसलाई जीसेट ग्लोबल इनिसेएटिभ अन सेयरिङ अल इन्फ्लूएन्जा डेटा भन्ने एउटा अन्तर्राष्ट्रिय प्लेटफर्म छ त्यसमा हामी बिरामीको पहिचान नखुलेन गरी त्यो सिक्वेन्सिङ डेटालाई उपलब्ध गराउँछौँ ।

त्तपश्चात यो डेटा सबैले हेर्न मिल्ने र सो डेटा थप अध्यान अनुसन्धान गर्न सक्ने हुन्छ । हाल जिसेटमा एक सय ८९ ओटा देशहरूबाट झन्डै २५ लाख कोरोना भाइरसबाट सिक्वेन्सिङ डेटा उपलब्ध छ । यसरी उपलब्ध  सिक्वेन्सिङ अध्यानले परीक्षणको लागि रिऐजेन्टले किट बनाउन, औषधी, भ्याक्सनि आदि बनाउन जानकारी हुन्छ ।

सिक्वेन्सिङ्गले समुदायमा कस्तो काल्ले फैलिएको हो सो को निगरानी गर्नको लागि मदन गर्नले हरेक व्यक्तिको सिक्र्वन्सई हुन आवश्यक छैन । यो खर्चिलाे परीक्षण पनि हो । यो एउटा नमुनाको  सिक्वेन्सिङ गर्न ६० हजार रुपैयाँसम्म पर्न सक्छ । छिटै नै सरकारी तह वा सरकारी प्रयोगशालाबाट नै याे सेवा उपलब्ध हुने गरी हाम्रो काम द्रुत गतिले अगाडि बढाई रहेका पनि जनाउन चाहन्छु ।

अहिलेको अवस्था के छ त ?

सुरुसुरुमा नेपालमा कोरोना भाइरस देख्दा फेरी देखिएको भाइरसलाई वाइलटाइल भाइरस भनिन्छ । त्यो वाहेक नेपालमा विभिन्न समयमा अल्फा बेल्टा र कामा भेरियन्ट देखिएको छ । कोरोनाको दोस्रो लहरको सुरुवातीमा अल्फा भेरीयनट देखिए पनि त्यसलाई छिटै नै डेल्टा भेरियन्टले विस्थापित गर्यौ ।

हिजोको नतिजा अनुसार परीक्षण छानिएका ७ प्रतिशत नमुनामा डेल्टा भेरियन्ट नै देखिएको छ । जसमध्ये ६ प्रतिशत नमुनामा थप ४१४७ एन भन्ने म्युटेसन छ । यो म्युटेसन देखिएको डेल्टालाई बोलीचालीको भाषमा डेल्टापल्स भन्ने गरिन्छ ।

डेल्टा भेरियन्ट विश्वको १ सय ३२ ओटा देशहरूबाट डल्टापलश ९ ओटा देशहरूबाट रिपोर्ट भइसेको अवस्था छ । अहिलेसम्मको भेरियन्ट मध्ये डेल्टा भेरियन्ट सब भन्दा छिटो फैलिने भेरियन्ट भएको प्रमाणहरूले देखाउँछ । त्यसैले पनि दोस्रो लहरमा पहिलो लहर भन्दा प्रभावित भएका छौं ।

साथै हजुरहरुले पनि याद गर्नु नै भएको होला परिवारको एक सदस्यलाई संक्रमण भए पछि हिला संक्रमित भई सकेका वाहेक सबै जसो सदस्यहरू संक्रमित भएका छन् दोस्रो लहरमा अहिलेसम्म उपलब्ध भएका भ्याक्सिनहरू डेल्टाबाट पनि सुरक्षा दिन्छ ।

तथापी भ्याक्सिनहरूको पनि प्रभाव सिमित हुने भएकोले सबै जनाले जनस्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गर्दछु ।

(डा. रुना झा राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालाकी निर्देशक हुन् । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.