असोजभित्र सबै नेपालीलाई खोप लगाउन अर्थमन्त्री र स्वास्थ्य राज्यमन्त्रीबीच समझदारी

  २०७८ साउन १३ गते २०:२०     विकासन्युज

काठमाडौं । असोज महिनाभित्र सबै नेपालीका लागि कोभिड–१९ विरुद्धको खोप किनेर लगाउने विषयमा अर्थमन्त्री जर्नादन शर्मा र अर्थ राज्यमन्त्री उमेश श्रेष्ठबीच समझदारी भएको छ । बुधबार अर्थमन्त्रालमा अर्थमन्त्री शर्मा र स्वाथ्य राज्यमन्त्री श्रेष्ठबीच फागुनसम्म खोप आपूर्ति गर्ने पूर्ववर्ती सरकोकार समय तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्नमा सहमति भएको छ ।

छलफलमा अर्थमन्त्रीले बजेटको कमी हुन नदिने र स्वास्थ्य राज्यमन्त्रीले रातदिन खोप खरिदको कार्यमा खटिने सहमति भएको छ ।

अर्थमन्त्री शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन स्वास्थ्यराज्यन्त्री उमेश श्रेष्ठलाई आग्रह गरेका छन् । खोप खरिदको लागि पैंसाको कुनै कमी हुन नदिने भन्दै मन्त्री शर्माले जुन जुन देशबाट खोप लिन सकिन्छ अहोरात्र वार्ता गरी खोप भित्र्याउनु पर्ने बताएको अर्थमन्त्रालयले जनाएको छ ।

छलफलमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तिव्रता दिइने बताएका छन् । उनले सम्भव भएसम्म चाडो खोप खरिद गर्ने काममा कुनै बिलम्ब नहुने बताएका छन् । प्राप्त भएका खोप लगाउनको लागि कार्ययोजना बनाइएको र अब योजनावद्ध रुपले खोप कार्यक्रमले गति लिने विश्वास राज्यमन्त्री श्रेष्ठले दिलाए ।

असोजभित्र खोप दिन सकिएन भने मुलुकको अर्थतन्त्र समेत धरापमा पर्नसक्ने भन्दै अर्थमन्त्री शर्माले खोप खरिदको लागि बजेटको कमी हुन नदिने बताए । देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएकोले विकास निर्माणको लागि विनियोजन गरिएको बजेट समेत रकमान्तर गरेरै भएपनि खोप खरिदमा लगाइने प्रतिवद्धता व्यक्त गरे । मन्त्री शर्माले प्राप्त भएका खोप समेत लक्षित समुदायलाई दिने कार्यमा ढिलाई भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.