सिप्रदी र शिखर इन्स्योरेन्सबीच अटो प्लस सम्झौता, ५ वर्षसम्म लागू हुने

  २०७८ साउन १३ गते १८:३५     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र शिखर इन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदी ट्रेडिङ्गको तर्फबाट संस्थाका उप-सभापति सौरव राज थपलिया र शिखर ईन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

अटो प्लस सम्झौतामा टाटा मोर्टसद्धारा उत्पादित गाडीहरु जस्तै टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागु हुनेछ । यस अटो प्लस स्कीममा सवारी साधन दर्ता भएको मितिबाट ५ वर्षसम्म लागू हुनेछ ।

साथै, यो स्कीम ब्यापक मोटर बीमा पोलिसीमा मात्र लागू हुनेछ । जस अन्तर्गत शुन्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर ३ हजार रुपैयाँ र टाटा एस/टाटा इन्ट्राका लागि भाडादर एक हजार ५०० रुपैयाँ प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजना लगाएतका फाईदाहरु रहेका छन् ।

यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ्गको जुनसुकै आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दावी गर्न सक्नेछन् । अटो प्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकलाई थप सहज हुने दुवै कम्पनीको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.