बुधबार ३ हजार ८४० जनामा संक्रमण पुष्टि, उपत्यकामा मात्रै ८५९

  २०७८ साउन १३ गते १६:३४     विकासन्युज

काठमाडौं । आज थप ३ हजार ८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ जना र ४ हजार ९२२ एन्टिजेन परीक्षण गर्दा १ हजार २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्रै आज कुल ८५९ जनामा संक्रमण पुष्टि भएको छ जसमा भक्तपुरमा ९५, ललितपुरमा २०६ र काठमाडौं जिल्लामा ५५९ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज एक हजार ९९३ जनाले कोरोना जितेका हुन ।

आज ३३ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.