स्कुटर तथा मोटरसाइकल किन्न कामना सेवाको इएमआई सुविधा

  २०७८ साउन १३ गते १६:२५     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले ह्वाइट लोटस मोटर्ससँग सम्झौता गरेको छ । ह्वाइट लोटस मोटर्सले प्युर इभी लगाएत विभिन्न ब्राण्डका स्कुटर तथा मोटरसाइकल र तिनका विभिन्न पार्टसहरुको विक्रि वितरण गर्दै आएको छ ।

यो सम्झौतासँगैं बैंकले ह्वाइट लोटस मोटर्सबाट स्कुटर तथा मोटरसाइकल किन्ने ग्राहकलाई सजिलै बिना कुनै झन्झट् इएमआई सेवा प्रदान गर्नेछ ।

बैंकले १२७ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.