मेलम्चीका बाढी पिडितलाई डिशहोमको राहत सहयोग

  २०७८ साउन १३ गते १५:४७     विकासन्युज

काठमाडाैं । डिशहोमले सिन्धुपाल्चोक मेलम्चीका बाढी पिडितलाई राहत सहयाेग गरेकाे छ ।

कम्पनीले प्रत्यक्ष रुपमा अति प्रभावित मेलम्चीका ५ जना सव–डिलरहरुलाई जनही १ लाख रुपैया राहत स्वरुव सहयाेग गरेकाे हाे ।

कम्पनीले बाढीबाट अति प्रभावित सव–डिलर झलक बहादुर पण्डित, नेत्र बहादुर खड्का, दुलाल फोटो स्टुडियो, नवराज आचार्य र दिनेश बरुवाललाई राहत रकम प्रदान गरेकाे हो ।

डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर मनोज शर्मा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले राहत रकम हस्तान्तरण गरेका थिए ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.