अब तारेदेखि पाँचतारे डिलक्ससम्मका होटलमा संकेत चिन्ह अनिवार्य

  २०७८ साउन १३ गते १२:५९     विकासन्युज

काठमाडौं । सरकारले एक तारा स्तरका होटलदेखि पाँचतारे लक्जरी रिसोर्टसम्मले अनिवार्य रूपमा पर्यटकीय सेवाका लागि संकत चिन्ह राख्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थासँगै सम्बन्धित रिसोर्ट, तारा स्तरका होटल र सबै प्रकारका बुटिक होटलले अनिवार्य रूपमा होटलको स्तरीकरण बुझाउने संकत चिन्ह राख्नुपर्ने भएको हो ।

पर्यटन विभागले मंगलबार एक सूचना जारी गर्दै सम्बन्धित निकायमा दर्ता भएको स्तरवर्गीकरण प्रमाणपत्र प्राप्त गरेका होटल÷रिसोर्टहरुले स्तरवर्गाीकरण भए अनुसार राख्न पाउने संकेत चिन्हलाई नामसगैँ प्रष्ट देखिने गरि राख्नुपर्ने जनाएको हो ।

विभागले सबै स्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबैस्तरका हेरिटेज बुटिक होटल, पर्यटकस्तरको होटल, पर्यटक इन, पर्यटक लज, मोटेल, बेड एण्ड ब्रेकफाष्ट (बी एण्ड बी) बाट प्रदान हुने सेवा, गुणस्तर, क्षमता, अन्तर्राष्ट्रिय अभ्यास समेतको आधारमा पर्यटकस्तरका पूर्वाधार भएको जनाउनको लागि नेपालभर एकरुपता हुने गरी संकेन चिन्ह निर्धारण गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटल÷रिसोर्ट संकेत चिन्ह निर्धारण गरिएको सम्बन्धित सार्वजनिक सूचना जारी गर्दै यसको प्रयोग अनिवार्य गर्न र प्रयोग गर्ने होटल तथा रिसोर्टले पर्यटकीय सेवा सुविधा दिन नपाउने बताएको छ ।

कुन होटलको कुन तारा ?

विभागले तारे होटलको स्तरका आधारमा विभागले तारा तोकेको छ । जसअनुसार एक तारास्तरको होटलका लागि एक तारा, दुई तारास्तरको होटलका लागि दुई तारा, तीन तारेस्तरका लागि तीन तारा, चार तारेस्तरका लागि चार तारा, पाँच तारास्तरका लागि पाँच तारा, पाँच तारा डिलक्सस्तरको होटलका लागि पाँच तारा र डिलक्स शब्द, साधारण हेरिटेज बुटिक होटलका लागि तीन तारा र स्याण्डर्ड हेरिटेज बुटिक शब्द लेख्नुपर्ने जनाएको छ ।

यस्तै, डिलक्स हेरिटेज बुटिक होटलका लागि चार तारा र डिलक्स हेरिटेज बुटिक शब्द, लक्जरी हेरिजेट बुटिक होटलका लागि पाँच तारा र लक्जरी हेरिटेज बुटिक शब्द, साधारण रिसोर्टको लागि तीन तारा र स्याण्डर्ड रिसोर्ट शब्द, डिलक्स रिसोर्टको लागि चार तारा र डिलक्स रिसोर्ट शब्द र लक्जरी रिसोर्टको लागि पाँच तारा र लक्जरी रिसोर्ट शब्द राख्नुपर्नेहुन्छ ।

तारा स्तरको होटलको नाममा हुने ठगी रोक्न, दर्ता विनाका होटल सञ्चालन गर्न नदिन र नियमन गर्न उक्त व्यवस्था लागु गरिएको विभागका अधिकारीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.