अस्ट्रेलियन ब्रान्डको बिम मिल्क पाउडर नेपालमा 

  २०७८ साउन १३ गते ११:२९     विकासन्युज

काठमाडौँ । अस्ट्रेलियन ब्रान्डको ‘बिम मिल्क पाउडर’ नेपाली बजारमा आएको छ। अस्फेक्स पार्टी लिमिटेड अस्ट्रेलियाको उत्पादन बिम (विग आईल्याण्ड मिल्क) डक्टर साथी हेल्थ केयर प्रालिले नेपाल भित्र्याएको हो। डाक्टर साथी नेपालको लागि आधिकारिक विक्रेता हो ।

डाक्टर साथीका सेल्स म्यानेजर रामभक्त थपलियाका अनुसार सो मिल्क पाउडर भर्खर जन्मिएकोदेखि २४ महिनासम्मका बच्चाका लागि उपयोगी छ।

‘डाक्टर साथी हेल्थ केयरले फुड सप्लिमेन्टको रूपमा ‘बिम मिल्क पाउडर’नेपाल भित्राएको हो,’उनले भने, ‘मिल्क पाउडर १२ साउनबाट बजारमा पठाएका छौँ।’

कम्पनीका अनुसार जन्मेदेखि ६ महिनासम्मका बच्चाका लागि ‘न्यूवर्न फर्मुला पाउडर’ ६ देखि १२ महिनासम्मका बच्चाका लागि ‘फर्मुला फलो अन फर्मुला पाउडर’ र १२ देखि २४ महिनासम्मका बच्चाका लागि ‘टोड्लर मिल्क फर्मुला पाउडर’गरी तीन प्रकारका उत्पादन बजारमा ल्याएको छ।

यी पाउडर बच्चाको शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिकोणले लाभदायक रहेको कम्पनीको भनाइ छ। गुणस्तरीय पोषक तत्त्वको रूपमा बच्चाहरूको तीव्र वृद्धि र विकासमा सहयोग पुर्‍याउने डा. साथीको भनाइ छ।

डा.साथीले यसअघि अस्ट्रेलियन ब्रान्डकै ‘नुचुरा मिल्क पाउडर’ नेपाल भित्राएको थियो। नुचुरा पाउडर मिल्क जन्मेदेखि ३६ महिनासम्मका बच्चाका लागि उपयोगी थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.