रिलायबल नेपाल लाइफका सीईओ लोहनीले पाए निरन्तरता, साउन १८ गतेदेखि लागू हुने

  २०७८ साउन १२ गते १७:३३     विकासन्युज

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले निरन्तरता पाएका छन् । नियामक निकाय बीमा समितिले उनको थप कार्यकालको लागि स्वीकृति दिएको हो ।

गत साउन १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ लोहनीको कार्यकाल थप्ने निर्णय गरेको थियो । उक्त निणर्यलाई बीमा समितिले आज (साउन १२ गते) स्वीकृत गरेसँगै उनको कार्यकाल आगामी ४ वर्ष सम्मको लागि थपिएको हो ।

चार वर्ष अघिदेखि इन्स्योरेन्सको सीईओ पदमा रहेका उनको हालको कार्यकाल आगामी साउन १७ गतेदेखि सकिँदै छ । यससँगै उनले आगामी साउन १८ गतेदेखि आगामी चार वर्षसम्म इन्स्योरेन्समा रहेर सीईओको कार्यभार सम्हल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.