महिन्द्रा मनसुन सर्भिस क्याम्प बिहीबार र शुक्रबार

  २०७८ साउन १२ गते १६:३०     विकासन्युज

काठमाडौं । आगामी बिहीबार र शुक्रबार गरी दुई दिन महिन्द्रा मनसुन सर्भिस क्याप आयोजना हुने भएको छ ।

महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स ले दुई दिन देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्न लागेको हो ।

महिन्द्राका सम्पूर्ण फोरव्हीलर गाडीहरुको ३०–पोईन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको उक्त सर्भिस क्याम्पमा ग्राहकलाई आकर्षक उपहारहरु दिईने कम्पनीले जनाएको छ । ग्राहकहरुको सेवासुविधालाई ध्यानमा राख्दै कम्पनीले ३०–पोईन्ट चेकअप मार्फत सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिनेछ ।

महिन्द्रा मनसुन सर्भिस क्याम्प साउन १४ र १५ गते देशभर रहेका आधिकारिक वर्कशपमा एकैसाथ सञ्चालन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.