नाडाको अध्यक्षमा उम्मेद्वारी दिँदै चौधरीले भने- संस्थालाई दरिलो रुपमा अगाडि बढाउँछु

  २०७८ साउन ११ गते २०:०२     विकासन्युज

करणकुमार चौधरी, कार्यकारी निर्देशक–चौधरी ग्रुप

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियशन (नाडा)को अध्यक्ष पदको लागि करण चौधरीले उम्मेद्वारी घोषणा गरेका छन् । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडाको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

उनी हाल नाडाको कार्यसमितिमा उपाध्यक्ष समेत हुन् ।

नाडा सातवटै प्रदेशमा विस्तार भइ सकेको अवस्थामा सवै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दरिलो रुपमा अगाडि बढाउने उद्देश्यका साथ उम्मेद्वारी दिएका हुन् ।

अटोमोवाइल व्यवसाय भनेको सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूला रोजगार प्रदान गर्ने व्यवसाय भएको हुनाले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण वनाउन सरकारको नितिगत रुपमा समेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्ने कुरामा काम गर्ने समेत उनको उद्देश्य रहेको छ ।

उनले कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोवाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थान सँगै यस क्षेत्रमा नयाँ आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.