प्रोग्रेसिभ फाइनान्सले सञ्चालनमा ल्यायो ऋण अटोमेसन प्रणाली

  २०७८ साउन ११ गते १९:३७     विकासन्युज

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले एसबी सल्युसन प्रा.लि (भगिनी संस्था: डिजिहब प्रा.लि) सँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । जसमा प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई र एसबी सल्युसनका प्रमुख कार्यकारी अधिकृत सन्जोग मिश्रले आ-आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यो प्रणाली सञ्चालनमा आएसँगै संस्थाको इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ ।

क्रेडिट-एक्स (ऋण अटोमेसन प्रणाली) को थालनी सँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ । यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ । यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् ।

प्रोग्रेसिभ फाइनान्स, राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त संस्था हो । यस संस्थाले एक मजबुत र भरपर्दो बैंकको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ । प्रोग्रेसिभ फाईन्सको लगभग १ लाख भन्दा बढि ग्राहक रहेका छन् र देशभरि १५ भन्दा बढि शाखाहरु रहेका छन् ।

एस्.बी. सोलुसन्स्ले डिजिहब सँगको सहकार्यमा बैंक तथा बित्तिय संस्थाहरुमा कर्जा पक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गर्न क्रेडिट- एक्स नामक सफ्टवेयर जडान तथा इम्पिलीमेन्टेसन गर्दै आईरहेको छ । साथै, पेमेन्ट अटोमेसन, एपीआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको कामहरु पनि गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.