नेपाल इन्स्योरेन्सले समयमै भुक्तानी गर्यो मृत्यु दाबी रकम

  २०७८ साउन ११ गते १९:०२     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सले समयमै मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले जगदम्बा मोटर्स प्रा.लि मार्फत कम्पनीमा दावी भएको दुर्घटना बीमालेख अन्तर्गतको रकम भुक्तानी गरेको हो ।

कम्पनीमा बीमा भएको दुर्घटना बीमालेख अन्तर्गत स्व.राजदेव यादवको मृत्यु दावी वापतको रकम २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त चेक कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले जगदम्वा मोटर्स प्रा.लि.का प्रतिनिधि दिनेश राज पाण्डेको उपस्थितिमा मृतकका हकवालालाई हस्तान्तरण गरेका हुन् । यससँगै नेपाल इन्स्योरेन्स कम्पनीले बीमा दावी रकम समयमै भुक्तानी गर्ने गरेको प्रष्ट पारेको बताएको छ ।

बजारमा बीमा कम्पनीको रुपमा वि.सं. २००४ सालमा स्थापित यस कम्पनीको देशका विभिन्न क्षेत्रहरुमा प्रधान कार्यालय लगायत ४९ वटा शाखा कार्यालयहरु र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट बीमितलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएको छ । र आगामी दिनमा समेत ग्राहकको आबश्यकता, सन्तुष्टिलाई आत्मसात गर्दै अगाडी बढ्ने इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.