खातामा पैसा राख्दा कुन बैंकले दिन्छ बढी व्याज ? यस्तो छ सबैकाे व्याजदर

  २०७८ साउन ११ गते १८:१०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । २७ वटै वाणिज्य बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने व्याजदर सार्वजनिक गरेका हुन् । बैंकहरुले २०७८ साउनदेखि लागु हुने किसिमले बैंकको व्याजदर सार्वजनिक गरेका हुन् ।

२७ वटै बैंकको आधार दर हेर्दा सबैको घटेको देखिएको छ । अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको व्याजदर घटाएका छन् भने कर्जाको व्याजदर पनि केही घटेको देखिन्छ ।

यस्तो छ २७ वटै बैंकको व्याजदर

कृषि विकास बैंक

कृषि विकास बैंकले बचतको न्यूनतम ब्याज ३.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.५० प्रतिशत तोकेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ७.४८ प्रतिशत छ । यसमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा लि सक्ने जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले बचतमा व्यक्तिगततर्फ ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म व्याज तोकेको छ । यस्तै, बैंकले विशेष निक्षेप अन्तर्गत ५.५० प्रशितदेखि ७.२५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ५ देखि ६.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले स्थिर कर्जाको लागि ९ देखि ११ प्रतिशतसम्म व्याजदर तोकेको छ ।

नबिल बैंक

नबिल बैंकले बचतमा न्यूनतम १.५१ देखि अधिकतम ३.५१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले व्यक्तिगत मुद्दतिमा न्यूनतम ५.०१ देखि अधिकतम ६.५१ प्रतिशतसम्म ब्याज दिने बताएको छ । बैंकको जेठ मसान्तसम्म बेस रेट ५.७१ प्रतिशत छ । बैंकले स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८.४९ प्रतिशत देखि ११.५० प्रतिशत सम्म ब्याजदरमा कर्जा दिने उल्लेख गरेको छ ।

एनएमबि बैंक

एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर २.५० प्रतिशत र अधिकतम ४.५० प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.५० प्रतिशत र न्यूनतम ६.५० प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१९ प्रतिशत रहेको छ । यसमा अधिकतम ५ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ ।

एनआईसी एसिया बैंक

साउन १ गतेबाट लागू हुने गरेर एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतको ब्याजदर २.५६ प्रतिशत कायम गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा ७.५६ प्रतिशतसम्म व्याज पाइनेछ । बैंकको जेठ मसान्तसम्मको आधार दर ६.७४ प्रतिशत छ । यसमा ६ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २.५० प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७ प्रतिशत र न्यूनतम ६ प्रतिशत तोकेको छ । जेठ मसान्तसम्म बैंकको आधार दर ५.८९ प्रतिशत छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।बैंकले न्यूनतम ११.०२ देखि १३.०२ प्रतिशतसम्म व्याज तोकिएको छ ।

मेगा बैंक

मेगा बैंकले बचत खातामा न्यूनतम २.२५ प्रशितदेखि अधिकतम ३.५० प्रतित ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ७.२५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको कर्जामा आधार दरमा अधिकतम ७ प्रतिशतसम्म प्रिमियम तोकेको छ । बैंकको जेठ महिनामा आधार दर ७.०१ प्रतिशत छ ।

कुमारी बैंक

कुमारी बैंकले बचत खातामा न्यूनतम २ देखि अधिकतम ४ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ देखि ७.६५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७ प्रतिशत सम्म प्रिमियम तोकेको छ । बैंकको जेठ महिनामा आधार दर ७.४० प्रतिशत छ । बैंकले न्यूनतम १०.५० देखि अधिकतम ११ प्रतिशतसम्ममा स्थिर कर्जा दिने जनाएको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले बचतको ब्याज ३.०१ प्रतिशतदेखि अधिकतम ८.०१ प्रतिशत तोकेको छ । बैंकले बचत खाता तर्फ विभिन्न १३ वटा स्कीम योजनाहरु राखेको छ । ती स्कीम अन्तर्गत ३.०१ प्रतिशत व्याजदर तोकेकको छ । बैंकको जेठ मसान्तसम्मको बेस रेट ७.३८ प्रतिशत छ । यसमा न्यूनतम १.५० प्रतिशत देखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ । बैंकले कर्जामा न्यूनतम ११.५० प्रतिशतदेखि अधिकतम १४.५० प्रतिशत व्याजदर तोकेकको छ ।

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज ३ र अधिकतम ५ प्रतिशत राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८ प्रतिशत कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ७.३८ प्रतिशत रहेको छ । यसमा ६ प्रशितसम्म सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । स्थिर कर्जाको लागि ११.४९ प्रतिशतदेखि १२.९९ प्रतिशतसम्म ब्याज दर निर्धारण गरेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २ प्रतिशत र अधिकतम ४ प्रतिशत व्याजदर निर्धारण गरेको । व्यक्तिगत मुद्दतीको न्यूनतम ब्याजदर ५ प्रतिशत र अधिकतम ब्याजदर ७ प्रशित तोकेको छ । बैंकको चैत मसान्तसम्मको अधारदर ६.७५ प्रतिशत छ । यसमा अधिकतम ५ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । बैंकले कर्जामा न्यूनतम १२.७५ प्रतिशत व्याज तोकेको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २.०५ देखि अधिकतम ४ प्रतिशतसम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीको ब्याज ७.०५ प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्म बैंकको आधारदर ७.०९ प्रतिशत छ । यसमा बैंकले ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ ।

सनराइज बैंक

सनराइज बैंकले बचतमा न्यूनतम १ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.५० प्रतिशत ब्याज निर्धारण गरेको छ । जेठ मसान्तसम्मको बैंकको आधार दर ६.७२ प्रतिशत रहेको छ । यसमा ६ प्रतिशत सम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ ।

नेपाल बैंक

नेपाल बैंकले बचतको न्यूनतम ब्याज २.५० प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दतीमा ७ प्रतिशत व्याज दिने जनाएको छ । यस्तै, बैंकको चैत मसान्तसम्म बैंकको आधार दर ५.९८ प्रतिशत छ । यसमा ५ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा दिने उल्लेख गरेको छ ।

प्रभु बैंक

प्रभु बैंकले बचत खातामा न्यूनतम २ देखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंक्ले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६.५० प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म तोकेको छ । बैंकको जेठसम्मको आधार दर ७.१५ प्रतिशत छ । आधार दरमा ५ प्रतिशत प्रिमियम थप गरेर बैंकले कर्जा दिने जनाएको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले बचतमा न्यूनतम २.५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म सम्म ब्याजदर दिने जनाएको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम अधिकतम ७ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । बैंकका आधार दर ६.६९ प्रतिशत छ । बैंकले विभिन्न प्रकारका ऋणमा ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने उल्लेख गरेको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.७६ प्रतिशत र अधिकतम ४.५० प्रतिशतसम्म तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.७६ प्रतिशत र न्यूनतम ७.५० प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१४ प्रतिशत छ । बैंकले यसमा ६.९९ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।

एनसीसी बैंक

एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर ३ र अधिकतम ५ प्रतिशतसम्म तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८ प्रतिशत र न्यूनतम ७ प्रतिशतसम्म निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.४१ प्रतिशत रहेको छ । यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ ।

बैंक आफ काठमाण्डू

बैंक आफ काठमान्डूले बचतको न्यूनतम ब्याज २.५० प्रतिशत र अधिकतम ४ प्रतिशत राखेको छ । बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७ प्रतिशत कायम गरेको छ । बैंकको आधार दर ६.५६ प्रतिशत रहेको छ । यसमा ५ प्रतिशत सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिने बैंकले जनाएको छ ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.५० प्रतिशत तोकेको छ । बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.५० प्रतिशत र न्यूनतम ७.२५ प्रतिशत तोकेको छ । बैंकले बैंकको चैत मसान्तसम्मको आधारदर ९.८९ प्रतिशत छ । बैंकले यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बचतमा न्यूनतम २ देखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ७.०१ प्रतिशतुम्म ब्याज निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको आधार दर ६.४० प्रतिशतसम्म छ । यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २.५ देखि अधिकतम ४.५ प्रतिशत सम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगतमा ७.५ प्रतिशतसम्म व्याजदर तोकेको छ । बैंकको जेठसम्मको आधार दर ८.९ प्रतिशत छ । बैंकले यसमा ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जाको व्याजदर तोक्ने जनाउको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले बचतको न्यूनतम ब्याज ३.१५ प्रतिशतदेखि अधिकतम ५.१५ प्रतिशतसम्म व्याज दिने जनाएको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.६५ प्रतिशत दिने उल्लेख गरेको छ । बैंकको आधार दर ७.५१ प्रतिशत छ । यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिन सक्ने जनाएको छ ।

सिभिल बैंक

सिभिल बैंकले बचत खातामा २ प्रतिशतदेखि ६.०१ प्रतिशतसम्म व्याज दिने जनाएको छ । यस्तै मुद्दती निक्षेपमा ७.०१ देखि ८.७१ प्रतिशतसम्म व्याज दिने उल्लेख गरेको छ । बैंकले सिभिल बैंकको जेठसम्मको आधार दर ७.७१ प्रतिशत रहेको छ । यसमा ५ प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।

सानिमा बैंक

सानिमा बैंक बैंकले बचत खातामा १ प्रतिशतदेखि ४.३५ प्रतिशतसम्म व्याज निर्धारण गरेको छ । बैंकले मुद्दती निक्षेपमा भने ४ देखि ७.३५ प्रतिशतसम्म व्याज दिने जनाएको छ । यस्तै, सानिमा बैंकको जेठसम्मको आधार दर ५.८९ प्रतिशत छ । यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरर कर्जा प्रवाह गर्न सक्ने बैंक्ले जनाएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंकले बचत खातामा २.५० प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याज तोकेको छ । बैंकले मुद्दती निक्षेपमा ३ प्रतिशतदेखि ७.१० प्रतिशतसम्म व्याजदर तोकेको छ । यस्तै बैंकको २०७७ चैत महिनासम्मको आधार दर ५.३३ प्रतिशत छ । यसमा औसत ४ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.