बाउन्स चेक काट्ने शाेभा गुरुङ पक्राउ, साढे १३ लाख जरिवाना तिर्नुपर्ने

  २०७८ साउन ११ गते १६:३५     विकासन्युज

काठमाडाैं । बाउन्स चेक काटेर बैंकिङ्ग कसूर मुद्दामा परेकी फरार प्रतिवादी शाेभा गुरुङ पक्राउ परेकी छिन् । कुपण्डाेलकाे ४५ वर्षीय गुरुङ ३ महिनापछि लुकिछिपी रहेको अवस्थामा पक्राउ परेकी हुन् ।

उच्च अदालत पाटनको २०७७ चैत ३० गतेको फैसलाले उक्त मुद्दामा १४ दिन कैद र १३ लाख ७० हजार रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही गुरुङ फरार हुँदै आएकी थिइन् ।

गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी चेक काटी पीडितलाई दिएकोमा बैंकिङ्ग कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.