एनएमबि बैंक सवारी कर्जा: अब ८.४९ प्रतिशत ब्याजदरमा २४ घण्टाभित्र पाइने

  २०७८ साउन ११ गते १२:०६     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकले अटो लोन ८.४९ प्रतिशत प्रति वर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने भएकाे छ । निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी ५ वर्ष सम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाइकाे छ ।

विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकवर्गको आफ्नै गाडी चढने सपना पुरा गर्न समान ब्याजदरले झन सघाउ पुर्याउने विश्वास लिईएको बैंकले जनाएकाे छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.