बीमा क्षेत्रमा लागू हुँदै गोएएमएल सिष्टम, शङ्कास्पद लगानी रोक्न समितिले दियो यस्तो निर्देशन

  २०७८ साउन ११ गते १२:०९     विकासन्युज

काठमाडौं । नेपालको बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय सफ्टवेयर गोएएमएल (एण्टी मनि लाउन्डरिङ्ग सिष्टम) लागू हुने भएको छ । नियामक निकाय बीमा समितिले यही साउनभित्रमा बीमा क्षेत्रमा उक्त सिष्टम लागू गर्न लागेको हो ।

समितिका अनुसार उक्त सिष्टम हाल सञ्चालनमा रहेका प्रत्येक बीमा कम्पनीहरुमा अनिवार्य रुपमा लागू गरिने छ । यससँगै अबको २० दिनभित्र सबै बीमा कम्पनीमा सम्पत्ति सुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी विरुद्धको उक्त सफ्टवेयर लागू हुने भएको छ ।

बीमा कम्पनीहरुले एकल बीमालेख अन्तर्गत पहिलो प्रिमियम वापत एकैपटक ठूलो रकम लिएर बीमा गर्ने र बीमितले ८/१० महिनाभित्रै सरेण्डर गरेर ठूलो रकम निकाल्ने प्रवृत्ति शङ्कास्पद हुने भएकाले यसकाे बारेमा शुरुमै नेपाल राष्ट्र बैंकलाई वित्तीय जानकारी इकाई (एफआईयू) लाई जानकारी गराउन समेत उनले बीमा कम्पनीलाई निर्देशन दिएका छन् ।

साथै, बीमा कम्पनीहरुमा बीमा गर्नका लागि एकैपटक ठूलो रकम आएमा त्यसको श्रोत के हो र कहाँबाट आयो भन्ने जानकारी लिएर गोएमएल मार्फत एफआईयूलाई जानकारी गराउन उनले निर्देशन दिएका छन् । यदि त्यसो नगरेमा सम्बन्धित बीमा कम्पनीलाई बीमा ऐन, २०४९ र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कानून बमोजिम कारबाही हुने समेत उनले बताए ।

साथै, उनले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण र शङ्कास्पद लगानी निवारणका लागि सँधै चनाखो हुन पनि कम्पनीहरुलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.