सगरमाथा सिमेन्ट अब २५ केजीको हाफ प्याकमै पाइने

  २०७८ साउन १० गते १८:०१     विकासन्युज

काठमाडौं । सगरमाथा सिमेन्टको ओपिसी सिमेन्टमा २५ केजीको हाफ प्याक बजारमा ल्याएको छ । विगत दश वर्षदेखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आईरहेको घोरही सिमेन्ट इन्डष्ट्रीले उपभोत्ताको माग र सहज आपुर्तिलाई मध्यनजर गर्दै उक्त प्याक बजारमा ल्याएको हो ।

घोराही सिमेन्ट इन्डष्ड्री नेपालको सिमेन्ट उद्योगमा अग्रणी उत्पादक भएको र यसका उत्पादनहरुका गुणस्तरतामा आफ्नो स्थान अन्य सिमेन्टहरु भन्दा अलगै दजार्मा कायम राख्दै आएको छ ।

हालसालै कम्पनीले नेपालमै पहिलो पटक सिमेन्ट इन्डष्ट्रीमा अन्तराष्ट्रिय ख्याति प्राप्त संस्था एनएबीएलबाट ल्याब सञ्चालनमा आधिकारीकता समेत प्राप्त गरेको छ । जसका कारण यस उद्योगले उत्पादन गर्ने यस २५ केजीको हाफ प्याकमा समेत अन्तराष्ट्रिय स्तरको गुणस्तरता कायम राख्न कम्पनी सफल भएको छ ।

यस २५ केजीका हाफ प्याक बोरा वितरण प्राणलीमा सहज हुने र स-साना सिमेन्ट संग जोडिएका निमार्णका कार्यहरु गर्न सजिलो हुने भएकाले यो हाफ प्याक सगरमाथा ओ.पि.सी. र सगरमाथा पि.पि.सी. सिमेन्ट गोल्ड जस्तै बजारमा धेरै लोकप्रिय हुनेमा कम्पनी पूर्ण विश्वस्त रहेको छ ।

नेपालको भौगोलिक अवस्थाका कारण विकास र निमार्णमा काममा आवश्यक सामाग्रीहरु सजिलै एक ठाँउबाट अर्काे ठाँउमा लान निकै कठिन छ । विशेषत हिमाली क्षेत्रमा विकास निमार्णका कार्यहरु गर्दा निमार्ण सामाग्री ओसार पसारमै लागत तथा समयको बढि खर्च हुने भएकोले निमार्ण कार्य बढि खर्चिलो हुने गरेको छ ।

घोराही सिमेन्ट इन्डष्ट्रीले सगरमाथा ब्राण्डका कम तौलका सिमेन्टका बोराहरु जसलाई ओसार पसार गर्न सहज, निमार्णमा समेत अनावश्यक खेर कम र निमार्ण समेत कम खर्चिलो होस् भन्ने हेतुले यो २५ केजीको हाफ प्याक सिमेन्ट बजारमा ल्याएको जानकारी कम्पनीले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.