चेम्बरको सुझाव लिँदै व्यवस्थामन्त्री कार्कीले भने- हामी सहकार्य गर्न सँधै तयार छौं

  २०७८ साउन १० गते १७:२८     विकासन्युज

काठमाडौं । कानून,न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार निजी क्षेत्रसँग सदैव सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरुको सुझाव ग्रहण गर्दै उनले सो बताएका हुन् ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारीहरु तथा सदस्यसँगको भेटमा उनले सरकारको पहिलो प्राथमिकता मुलुकको आर्थिक प्रगति नै रहेको बताएका हुन् । साथै, उनले मुलुकको अर्थतन्त्रलाई उकास्न निजी क्षेत्रको अहम भूमिका रहने बताउँदै चेम्वरबाट प्रस्तुत सुझावलाई गम्भिरतापूर्वक लिएको बताए ।

यस्ता छन् चेम्वरका सुझाव

भेटवार्ताको अवसरमा चेम्वर अध्यक्ष मल्लले अर्थतन्त्रलाई पुनर्स्थापित गर्न विभिन्न सुझावहरु प्रस्तुत गर्नु हुँदै विश्वव्यापी महामारीको रुपमा फैलिएकोकोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बताउँदै निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक कृयाकलाप चलायमान हुने भएकोले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरु, समस्त उद्योगी तथा व्यवसायीहरु र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरुलाई लगाउने सुविधा उपलब्ध गराई दिन आग्रह गरेका छन् ।

साथै, अध्यक्ष मल्लले संसदमा बिचाराधीन आर्थिक विधेयकहरु शिघ्र पारित गरिनु पर्ने, खुला बजारको सन्दर्भमा कालो बजार ऐनको सान्दर्भिकताको नरहेकोले सो ऐन खारेज हुनु पर्ने, नगद ओसार पोसार सम्बन्धी कानूनी व्यवस्था नभएकोले निजी क्षेत्रलाइ यदाकदा समस्या आइ पर्ने भएकोले सोको कानूनी व्यवस्था गरिनु पर्ने तथा प्रविधिको दुरूपयोग नियन्त्रणका लागि आवश्यक कानून तर्जुमा गरिनु पर्ने र घर जग्गा खरिद बिक्रीमा ब्रोकर लाइसेन्स सम्वन्धी कानूनी व्यवस्था हुनु पर्ने तथा लगानीकोलागि स्रोतको वैधतालाई खुकुलो बनाउनु पर्ने लगायत आर्थिक क्षेत्रसंग सम्वन्धित कानून तर्जुमा गर्दा नेपाल चेम्वर अफ कमर्सलाई पनि संलग्न गर्न आग्रह गरेका छन् ।

सो अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर तथा चेम्वर कार्य समिति सदस्य देवेन्द्रभक्त श्रेष्ठ, सन्तोष पाण्डे, दीपककाजी तुलाधर, निरज राई, राम श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

आइतबार भएको भेटवार्ताको अवसरमा अध्यक्ष राजेन्द्र मल्लले गणतन्त्र नेपालको कानून न्याय तथा ससदीय व्यवस्था मन्त्री पदमा नियुक्त भएकोमा नेपाल चेम्वर अफ कमर्सको तर्फबाट सफल कार्यकालको कामना गरेका छन् ।

ध्यक्ष मल्लले अर्थतन्त्रलाई पुनर्स्थापित गर्न विभिन्न सुझावहरु प्रस्तुत गर्नु हुँदै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बताउँदै निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक कृयाकलाप चलायमान हुने भएकोले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरु, समस्त उद्योगी तथा व्यवसायीहरु र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरुलाई लगाउने सुविधा उपलब्ध गराई दिन आग्रह गरेका छन् ।

साथै, अध्यक्ष मल्लले संसदमा बिचाराधीन आर्थिक विधेयकहरु शिघ्र पारित गरिनु पर्ने, खुला बजारको सन्दर्भमा कालो वजार ऐनको सान्दर्भिकताको नरहेकोले सो ऐन खारेज हुनु पर्ने, नगद ओसार पोसार सम्बन्धी कानूनी व्यवस्था नभएकोले निजी क्षेत्रलाइ यदाकदा समस्या आइ पर्ने भएकोले सोको कानूनी व्यवस्था गरिनु पर्ने तथा प्रविधिको दुरूपयोग नियन्त्रणका लागि आवश्यक कानून तर्जुमा गरिनु पर्ने र घर जग्गा खरिद बिक्रीमा ब्रोकर लाइसेन्स सम्वन्धी कानूनी व्यवस्था हुनु पर्ने तथा लगानीकोलागि स्रोतको वैधतालाई खुकुलो बनाउनु पर्ने लगायत आर्थिक क्षेत्रसंग सम्वन्धित कानून तर्जुमा गर्दा नेपाल चेम्वर अफ कमर्सलाई पनि संलग्न गर्न आग्रह गरेका छन् ।

सो अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर तथा चेम्वर कार्य समिति सदस्य देवेन्द्रभक्त श्रेष्ठ, सन्तोष पाण्डे, दीपककाजी तुलाधर, निरज राई, राम श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

आइतबार भएकाे भेटवार्ताकाे अवसरमा अध्यक्ष राजेन्द्र मल्लले गणतन्त्र नेपालको कानून न्याय तथा ससदीय व्यवस्था मन्त्री पदमा नियुक्त भएकोमा नेपाल चेम्वर अफ कमर्सको तर्फबाट सफल कार्यकालको कामना गरेका छन् ।