२०७८ साउन १० गते १६:४९ विकासन्युज
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा निषेधाज्ञा १० दिन थपिएको छ । आईतबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा अबधि लम्बाएका हुन ।
निषेधाज्ञाको अवधि थप गरिएतापनि यसअघि जारी नियममा कुनै परिवर्तन गरिएको छैन । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागु गरिएको थियो ।
अन्तिमपटक थप गरिएको निषेधाज्ञाको अवधि आज साँझ १२ बजेबाट सकिदैछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.