अब अनलाईनबाटै प्रेस पास नवीकरण, कसरी लिने सेवा ?

  २०७८ साउन १० गते १५:५१     विकासन्युज

काठमाडौं । अब विद्युतिय प्रणाली मार्फत नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र बनाउने तथा नवीकरण गर्न सकिने भएको छ ।

सूचना तथा प्रसारण विभागले आईतबारदेखि नयाँ तथा पूराना प्रेस पास नवीकरण, अध्यक्ष तथा प्रकाशकको परिचयपत्र र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था लागु गरेको हो ।

उक्त सेवाका लागि सेवाग्राहीले आवश्यक कागजात विभागको वेबसाइटमा गई सूचना व्यवस्थापन प्रणालीमा क्लिक गरी निवेदन दिन सक्नेछन् ।

अनलाइनबाट आवश्यक कागजातसहित प्रक्रिया पुरा गरी निवेदन दिएका सेवाग्राहीहरूले प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन सञ्चार माध्यम प्रमाणपत्र काठमाडौं उपत्यकाको हकमा भोलिपल्ट उपलब्ध गराइने विभागले जनाएको छ ।

साथै उपत्यका बाहिरका सेवाग्राहीको हकमा अनुकुलता र माग अनुसार विभाग वा सम्बन्धित जिल्ला हुलाक कार्यालयबाट उपलब्ध गराउने व्यवस्था गरिने विभागले जानकारी दिएको छ ।

अनलाइनबाटै नयाँ प्रेस प्रतिनिधि कार्ड बनाउन तथा नवीकरण गर्न, अनलाइन मिडिया दर्ता र नवीकरण गर्न सूचना व्यवस्थापन प्रणालीमा क्लिक गरेपछि ३ वटा विकल्प देखिनेछन् ।आफूलाई आवश्यक पर्ने सेवामा किल्क गरी निवेदन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.