फलामजन्य सामग्रीको मूल्य ह्वात्तै बढ्यो, कुन सामानको कति ?

  २०७८ साउन १० गते १४:१०     विकासन्युज

काठमाडौं । काठमाडौं जिल्ला दररेट निर्धारण समितिले फलामजन्य निर्माण सामग्रीको मूल्य ह्वात्तै बढाएकाे छ । समितिले आर्थिक वर्ष २०७८/७९ का लागि निर्माणजन्य सामग्रीहरुको नयाँ मूल्य निर्धारण गर्दै मूल्य बढाएको हो ।

समितिले विभिन्न फलामजन्य सामग्रीको मूल्यमा ६० रुपैयाँसम्म वृद्धि गरेको छ । फ्याब्रिकेसनमा ५५ रुपैयाँसम्म मूल्यवृद्धि गरेको छ । गत आर्थिक वर्षको तुलनामा ८ प्रतिशतसम्म मूल्य बढेको छ । गत आवमा प्रति वर्ग मिटरकाे ३ सय ३७ रुपैयाँ पर्ने फ्याब्रिकेसनकाे मूल्य चालु् आवमा ३ सय ६३ रुपैयाँ ताेकेकाे छ ।

यस्तै, समितिले काँढेतारको मूल्य १३ रुपैयाँ मूल्यवृद्धि गरेको छ । गत आर्थिक वर्षको काँढेतारको मूल्य ९७ रुपैयाँ थियो भने चालु आवका लागि १०५ रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, फलामका विभिन्न जालीहरुमा २० देखि २५ रुपैयाँको मूल्यवृद्धि गरेकाे छ ।

समितिले प्रतिकेजी एमएस सोलिड स्वायर रडको मूल्य ७५ रुपैयाँ निर्धारण गरेको छ । गत आवमा सोको मूल्य ७० रुपैयाँ पर्थ्यो । यस्तै, विभिन्न साइजका व्यापक पाईपको प्रतिकेजी ८७ रुपैयाँ तोकेको छ । गत आवमा यस्ता पाईपहरुको मूल्य ८१ रुपैयाँ थियो ।

यस्ताे छ अन्य फलामजन्य सामग्रीकाे मूल्य 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.