आरएसडिसी लघुवित्तको सीईओमा पौडेल नियुक्त, महिना दिनपछि कार्यभार सम्हाल्ने

  २०७८ साउन १० गते १४:०५     विकासन्युज

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ध्रुवकुमार पौडेल नियुक्त भएका छन् । साउन ९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले उनलाई भदौ १० गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो । यससँगै सीईओ पौडेलले सो दिनदेखि आगामी ४ वर्षसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।

हाल संस्थाको सीईओ पदको कार्यभार दामोदर जोशीले सम्हालिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.