यूनाईटेड इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् प्रस्तावहरु

  २०७८ साउन १० गते ११:१२     विकासन्युज

काठमाडौं । यूनाईटेड इन्स्योरेन्सले आगामी साउन ३१ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को २७औं वार्षिक साधारण सभा सो दिन बिहान साढे ११ बजे अनलाइन (भर्च्युअल कार्यक्रम) मार्फत गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय साउन ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने सहित विभिन्न तीन सामान्य प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, लेखापरीक्षण प्रतिवेदन सहित उक्त आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्ने छ ।

साथै, आर्थिक वर्ष २०७७/७८ का लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्तावलाई सभाले अनुमोदन गर्दै छ ।
इन्स्योरेन्सले हालसम्म बुक क्लोजको मिति भने तय गरिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.