५७५ कम्पनीको कारोबार अर्बमाथि, २१७ कम्पनी ओरालो लाग्दा ११० कम्पनीकाे छलाङ

  २०७८ साउन १० गते १४:२६     विकासन्युज

काठमाडौं । सरकारले कर सम्बन्धी नयाँ मापदण्ड लागु गरेसगैँ ठूला करदाता कम्पनीको सूचिबाट धेरै कम्पनी बाहिरिएका छन् ।

आन्तरिक राजस्व विभागले करदाता कम्पनीहरुलाई थप दुई मापदण्ड लागू गरेसगैँ २ सय १७ ठूला कम्पनी सूचिबाट बाहिरिएका हुन । केही कम्पनीहरु ठूला करदाता कम्पनीको रुपमा सूचिकृत भएका छन् भने केही कम्पनी उक्त सूचिबाट हटेका छन् ।

विभागअन्तर्गत तीन प्रकारका कर कार्यालयहरु ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदात कार्यालय र करदाता सेवा कार्यालय पर्छन् ।

यसअघि वार्षिक ४० करोडसम्म कर सेवा कार्यालय, ४० देखि ८० सम्म मध्यमस्तरीय र ८० करोडभन्दा बढी कारोबार गर्ने कम्पनीलाई ठूला करदाता कार्यालयले हेर्दै आएको थियो ।

तर नयाँ व्यवस्था लागू भएसगैँ विभागले ५० करोडसम्म वार्षिक कारोबार गर्नेलाई कर सेवा कार्यालय, ५० देखि १ अर्बसम्म मध्यमस्तरीय र १ अर्बभन्दा माथि कारोबार गर्ने कम्पनीलाई ठूला करदाता कार्यालयअन्तर्गत पर्ने बनाएको छ ।

उक्त व्यवस्था अनुसार यसअघि ठूला कर दाता कार्यालय अन्तरगत रहेका २ सय १७ कम्पनी मध्यमस्तरीय करदाता कार्यालयमा घटुवा भएका छन् । ७ सय ९२ ठूला करदाता रहेकोमा अब ५ सय ७५ वटा कम्पनी मात्र ठूला करदाता कार्यालय अन्तरगत रहेका छन् ।

यस्तैगरी, यसअघि मध्यमस्तरमा रहेका ११० कम्पनी ठूला करदाताको रुपमा बढुवा भएका छन् । मध्यमस्तरीय कर कार्यालयमा अब ६ सय ९० हाराहारीमा कम्पनीहरु रहेका छन् ।

सरकारले चालु वर्षदेखि ६ क्षेत्रमा व्यवसाय गर्ने कम्पनीलाई सेवा कार्यालयले नै हेर्ने व्यवस्था गरिएको हो । यो व्यवस्थाले पनि धेरै कम्पनीहरु कर सेवा कार्यालयमा पुगेका छन् । यी व्यसायहरुमा कर चुहावट जोखिम कम भएको विभागको बुझाई छ ।

ग्यास व्यवसायी, सवारीको स्थानीय बिक्रेता, सुन व्यवसाय, पेट्रोल डिजेल व्यवसाय र रिचार्ज कार्ड बिक्रेता कर सेवा कार्यालयमा मात्रै सूचीकृत हुन पाउने भएका छन् ।

बढुवा भएका कम्पनी

विभागकाे तथ्यांक अनुसार मध्यमस्तरका करदाता कार्यालयमा रहेका कम्पनीहरु ठूला करदातामा बढुवा भएका छन् ।

जसमध्ये, गुडविल फाइनान्स कम्पनी लिमिटेड, धुलिखेल अस्पताल, सप्तकोशी सिमेन्ट प्रालि, क्वालिटी आयल रिफाइनरी प्रालि, श्रीराम रिफाइन आयल प्रोडक्टर प्रालि, जीवन विकास लघु वित्तीय प्रालि, प्रिमियर स्टिल प्रालि, आर्य फर्मा ल्याब प्रालि, नारायणी इस्पात प्रालि, महावीर इन्टरनेशनल प्रालि हुन् ।

यस्तै, भूगर्भ सिमेन्ट उद्योग प्रालि, मञ्जुश्री फाइनान्स लिमिटेड, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जीओ इन्टरनेशनल प्रालि, महावीर होल्डिङ्स प्रालि, एस एण्ड एस होल्डिङ प्रालि, स्विस सिल्भर प्रालि, ओसीबी फुड्स एण्ड फिड्स प्रालि, विशेष एण्ड कम्पनी प्रालि, न्यु होप एग्रो बिजनेस प्रालि, हेलन केलर इन्टरनेशनल प्रालि, नेपाल इफ्रास्ट्रक्चर बैंक लिमिटेड, इन्द्रावती ट्रेड प्रालि, आर्जन इन्टरनेशनल प्रालि, जयप्रकाश एसोसिएट्स लिमिटेड, शुभ सौभाग्य ट्रेडिङ प्रालि, शिवम् इम्पेक्स, आनन्द इन्टरप्राइजेज ट्रेड कन्सर्न प्रालि, सगरमाथा स्टिल इन्डस्ट्रिज प्रालि, ओयसिस, धारा, एसओएस बालग्राम नेपाल र तिनाउ मिसन डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरु बढुवामा परेका हुन् ।

घटुवा हुने कम्पनी

ठूला करदाताबाट बाहिरिने तथा घटुवामा परेका कम्पनीहरुमा नेपाल टोबाको कम्पनी प्रालि, जगदम्बा फलाम ट्रेडर्स प्रालि, एसियन डिष्टिलरी प्रालि, जगदम्बा डिस्टिब्युटर्स प्रालि, हिमाल वायर्स प्रालि, मनकामना आयल एण्ड फुड प्रोसेसिङ प्रालि, बाबा फ्लोर मिल, गोपाल फ्लोर मिल प्रालि, रिद्धि सिद्धि इन्टरप्राइजेज प्रालि, टेक्नो जया ज्वेलरी प्रालि लगायत कम्पनीहरु ठूला करदाता कार्यालयबाट बाहिरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.