शनिबार थप २ हजार १९७ जनाले जिते कोरोना

  २०७८ साउन ९ गते १६:४६     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार १९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार उक्त संख्यामा संक्रमणमुक्त भएका हुन ।

यससगैँ हालसम्म ६ लाख ४१ हजार ५६५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) ​भएका छन् ।

यस्तै आज नेपालमा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी १० हजार ६२५ जनाको आरटी–पीसीआर र ४ हजार २८५ जनाको एन्टिजेन परीक्षण विधिबाट नमूना परीक्षण गरिएको छ ।

पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ३ हजार ३०९ जनामा र एन्टिजेन परीक्षणबाट ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी १६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.